काठमाडौं। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्।
उनले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआइजी पूजा सिंहमार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएका हुन्।
पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गरेपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ।
विवाद
आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि पोखरेलले राजीनामा दिएका हुन्। पोखरेलले आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गरेका थिए। पोखरेल आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसयता काममा फर्किएका थिएनन्।
सम्बन्धित समाचारः
सकियो आईजीपी नियुक्ति विवादः सरकारको निर्णय सदर, पोखरेलको रिट खारेज
गत शुक्रबार अदालतले आईजीपी नियुक्त गर्ने सरकारको निर्णय सदर गर्दै पोखरेलको रिट खारेज गरिदिएको थियो।
नेपाल प्रहरीको आईजीपी नियुक्त निर्णय किन विवादित बनेको थियो ? पढ्नुस् यो समाचार
एआईजी पोखरेलको रिट अदालतमा दर्ता, आईजीपी नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग