काठमाडौं। उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
आइतबार राष्ट्रपति भवन शितल निवासमा उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
भुसाल शुक्रबार प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिइन्।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्षलगायत उपस्थित थिए।
