काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ। निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ।
बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ। मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।
मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ। तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ।