घरेलु टोली नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत चौथो खेलमा आज युगाण्डाको सामना गर्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जित निकाल्दै आफूलाई क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ ।
क्लिन स्विप गर्ने योजनामा रहेको युगाण्डा पनि लगातार चौथो जितको प्रयासमा हुनेछ । पाँच खेलको सिरिजमा ३–० ले अघि रहेको युगान्डाले दुई खेल अगावै सिरिजमाथि कब्जा जमाइसकेको छ । यसअघि युगाण्डा १२ रन तथा एक र ६ विकेटले विजयी भएको थियो ।