इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सले शनिबार सनराइज हैदरावादलाई ५४ रनले हराएको छ । यो जितले हैदरावादको प्ले सम्भावना कठिन बनेको छ, त्यहीं कोलकताले आफ्नो स्थिति सुधारेको छ ।
कोलकाता यो जितपछि १२ अंकसहित छैटौं स्थानमा उक्लेको छ भने हैदरावाद १० अंकसहित आठौं स्थानमा रह्यो । महाराष्ट्र क्रिकेट मैदानमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १ सय ७७ रन बनाएको थियो ।
त्यसमा एन्ड्रयु रसेलले २८ बलमा ४९ रन बनाए । जवाफमा हैदरावादले आठ विकेटमा १ सय २३ रन मात्र बनाउन सक्यो । रसेल बलबाट पनि चम्के र उनले २२ रनमा तीन विकेट लिएका थिए ।