प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ।यता गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा भने नेपाली कांग्रेस पराजित भएको छ।
कार्कीले ३ हजार ३८४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । अर्थात् दोब्बर मतान्तरसहित कार्की विजयी भएका हुन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै ज्ञानुकुमारी सेटी विजयी भइन् । उनले ३ हजार १३ मत ल्याउँदा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन् ।