हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । आज बिहानदेखि मतगणना सुरु गरिएको हो ।
हेटौँडाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
अब हेटौँडा–२, १८ र १९ को मतगणना पनि तत्काल सुरु गर्ने तयारी रहेको उनले बताए । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा मतगणना गरिएको छ ।
कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेको हेटौँडामा ७३ हजार ४ सय १४ मत खसेको थियो । तीमध्ये अहिले हेटौँडा उपमहानगरपालिका(१ को मतगणना गरिएको निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।