शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको गरिएको बताए ।
धेरै मतदाता भएको ठाउँम अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताए ।
शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान
निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताए ।