आज सम्पन्न निर्वाचनमा देशभर २६ स्थानको ४१ मतदान केन्द्रमा मतदान रद्द भएको छ।
स्थानीय निर्वाचन अन्तर्गत शुक्रबार भएको निर्वाचनमा २६ स्थानको ४१ मतदान केन्द्रमा मतदान रद्द भएको निर्वाचन आयोगले जनाएको छ।
मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको थियो।