स्थानीय तह सदस्य निर्वाचनमा मतदानको समय सकिएको छ।
मतदान सम्पन्न भएका स्थानमा मतपेटिकाहरू सिल गरेर गणनास्थलमा ल्याउन थालिएको छ।
तर, मतदानका लागि लाइनमा रहेका मतदान केन्द्रमा भने मतदान जारी छ। विवाद भएका केही मतदान स्थलमा स्थगित भएर फेरि मतदान सुरु भएको थियो। ती स्थानमा मतदाता मतदानका लागि लाइनमा छन्।
निर्वाचन आयोगले केही स्थानमा छिटपुटबाहेक देशैभर स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा भएको जनाएको छ।
शुक्रबार अपराह्न ५ बजेसम्म कति प्रतिशत मत खस्यो भन्ने आयोगले जानकारी दिएको छैन।
आयोगले शुक्रबार अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको जानकारी दिएको थियो।