काठमाडौंका स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहले मतदान गरेका छन्।
उनले शुक्रबार केही समयअघि काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट मतदान गरेका हुन्।
बालेनले ११ बजेर ३ मिनेटको साइतमा आफूले मतदान गरेको बताए। ज्योतिष शास्त्रअनुसार आफूले साइत हेरेर मतदान गरेको उनले बताए।
उनले सामाजिक सञ्जालमा मतदान गरेको फोटो पोष्ट गर्दै भनेका छन्, ‘मैले त हाले अनि तपाइँ हरुले नि ?’