नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।
देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अशिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेको सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिए ।
निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् ।यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए ।
पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान जारी छ । देशैभर बिहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।