बैतडीमा ११३ बर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन् ।
मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्दघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।
देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस भनेर आफूले मतदान गरेको भट्टले बताइन् ।