राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र्रबाट मतदान गरेका छन् ।
आगामी पाँच वर्षका लागि स्थानीय तहमा जनप्रतिनिधि चुन्न आज मतदान भइरहेको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन ।