स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असरले देशका केही स्थानको मौसममा बदली हुने भएको छ ।
जसकारण दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।