झाडापखालाबाट मंगलबार तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका तीलक पुनका साढे दुई वर्षका छोरा अनमोल रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।
झाडापखलाबाट एकै घरका ५० वर्षका बुद्धिराम, ४० वर्षकी गौरी पुन, ५८ वर्षका कलसीङ पुन र मिना पुन बिरामी परेका छन् ।
उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बिरामीहरुमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखिएको अस्पतालले जनाएको छ ।