एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।
मिर्गौला र कलेजोको बिरामी रहेका ५३ वर्षीय चौधरीको उपचारका क्रममा मंगलबार बिहान काठमाडौंमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।चुनाव प्रचारकै क्रममा एक्कासि बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।