नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा दुई खाले छुट्टा–छुट्टै गठबन्धन रहेको बताए ।
सोमबार दिपायलमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा लोकतान्त्रिक र प्रतिगामी राजावादीहरुको छुट्टा–छुट्टै गठबन्धन रहेको बताउँदै पाँच दलीय लोकतान्त्रीक गठबन्धनलाई विजयी गराउन अनुरोध गरे ।
संविधान रक्षाका निम्ति पाँच दलीय लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अनुरोध गरे । ‘देशमा एकातर्फ लोकतान्त्रिक गठबन्धन र अर्कोतर्फ प्रतिगामी खालको राजावादीहरुको गठबन्धन छ’, प्रचण्डले भने, ‘संविधान, संघीयता तथा लोकतान्त्रिक गणतन्त्र रक्षाका निम्ति पाँच दलीय लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु होला ।’’
सम्बोधनका क्रममा प्रचण्डले डोटीको विकासका लागि आफू जुनसुकैबेला तयार रहेको बताए। अध्यक्ष प्रचण्डले भने, ‘‘खुटिया–दिपायल दु्रत राजमार्ग, पश्चिम सेती परियोजना, एकीकृत खप्तड पर्यटन विकासका लागि म सदैब सकारात्मक रहेको र हाम्रै नेतृत्वमा यी कामहरु गर्नेछौं ।’’
उनले भने, ‘‘हामीलाई जिताउनुहोस्, तपाईहरु माँझ फेरि केही योजना लिएर आउने छौँ ।’’ उनले पाँच दलीय संयुक्त लोकतान्त्रिक गठबन्धनलाई विजय गराए आफु पुनः बधाई दिन डोटी आउने र त्यो बेलासँगै विकासे योजना ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।