देशभर आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार २ नमूनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
आज १७ जना सङ्क्रमणमुक्त भएका छन्। हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ३८ हजार ३ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।