घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्ध फिल्डिङ गर्ने भएको छ। नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलअन्तर्गत जिम्बावेविरुद्ध खेल्न लागेको हो।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
घरेलु समर्थकको साथ पाएको नेपाल आज जिम्बावेविरुद्ध पहिलो जितको खोजीमा हुनेछ।शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको थियो। योसँगै नेपाल तीन एकदिवसीय अभ्यास खेलमा १-० ले पछि परिसकेको छ।
नेपाललाई खेलमा फर्किन आजको जित महत्त्वपूर्ण हुनेछ। यता, जिम्बावे पनि जारी लयलाई निरन्तरता दिन चाहन्छ।