नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि सोमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९, दिपेन्द्रसिंह ऐरीले १८ बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जिम्बावे ए का तीव्र गतिका बलर ब्राड इभान्सले एक्लै ४ र भिक्टर न्याउची, ब्रेन्डन मभुता, चेपाश झुवाओले २–२ विकेट लिए ।
सिरिजको दोस्रो एकदिवसीय भोलि र तेस्रो एकदिवसीय सोमबार हुनेछ।
यसअघि भएको टी–२० सिरिज भने बराबरी भएको थियो ।