राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्ने भएको छ ।
आगामी २५ गते २ बजेका लागि कार्यसमिति बैठक बस्ने एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले जानकारी दिए ।
मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।त्यसपछि खेलाडीहरूले एन्फालाई छानविनका लागि आग्रह गरेका थिए ।