राष्ट्रिय खुला तथा उमेर समूह पौडी प्रतियोगिताको २४औं संस्करणको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ।
दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुनेछ।प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
यसै प्रतियोगिताबाट चीनको हाङ्झावमा हुने १९औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन्।
पुरुषरमहिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिने छ। पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो। एक–एक पुरुषरमहिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुनेछन्।