नेपालले जिम्बावे ‘ए’माथि ८ विकेटको सानदार जित निकालेको छ ।
योसँगै तीन खेलको सिरिज एक–एकको बराबरी गरेको छ । नेपाल पहिलो खेलमा ६ विकेटले पराजित हुँदा दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । त्यस्तै, कुशल भुर्तेलले ३४ रन बनाए ।
पहिलो ब्याटिङ गरेको जिम्बावे ‘ए’ टिमले २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको लक्ष्य दिएको थियो ।
उसका रोय केइयाले ४९ रन, मरुमानिले २७ रन, लुक जोंवीले २३ रन, ओपनर इनोसेन्ट केइयाले १४ रन बनाए ।
जिम्बावे ‘ए’ लाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दिप लामिछानेले २, बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए ।
अब नेपालले यहि टिमसँग शुक्रबारबाट तीन खेलको ५० ओभरको सिरिज खेल्नेछ ।
नेपालको एकदिवसिय टोली:
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।
नेपाल र जिम्बावे ए बीचको खेल तालिकाः
वैशाख २३ (मे ६) – पहिलो एकदिवसिय, विहान ९: ३० बजे
वैशाख २४ (मे ७) – दोस्रो एकदिवसिय, विहान ९ः३० बजे
वैशाख २६ (मे ९) – तेस्रो एकदिवसिय, विहान ९ः ३० बजे