टि–२० सिरिजअन्तर्गत जिम्बावे ‘ए’ सँगको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।
कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो १ बजेदेखि सुरु भएको छ ।
नेपालको सुरुवाती ११
सन्दिप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,मोहम्मद आदिल आलम, बसिर अहमद, भिम शार्की
पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल बुधबार जित निकाल्दै तीन खेलको टि–२० सिरिज जोगाउन प्रयासरत हुनेछ । सिरिजको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको थियो ।
टि–२० सिरिजपछि नेपाल र जिम्बाबे ‘ए’बीच तीन एकदिवसीय खेल हुनेछन् ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपालले अहिले घरेलु मैदानमा जिम्बाबे ‘ए’सँग अभ्यास खेल खेलिरहेको हो । आउँदो जेठ २३ देखि असार २ गतेसम्म अमेरिकामा हुने त्रिदेशीय श्रृंखलामा नेपाल,अमेरिका र ओमान रहेका छन् ।