नेपाल र जिम्बावे ‘ए’ बीचको खेल स्थगित भएको छ । वर्षाको कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेल स्थगित भएको हो ।
वर्षा हुनुअघि टस हारेर पहिले ब्याटि गरेको जिम्बावे ‘ए’ ले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।
बर्षाका कारण केही समय रोकिएको खेल सुरु नभई स्थगित भएको हो । बर्षा रोकिएपछि १८ ओभरको सञ्चालन गरिएको थियो । तर त्यसपछि फेरि पानी परेपछि स्थगित नै गरिएको हो ।
सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो ।
टी–२० सिरिज अन्तर्गतको तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीन एकदिसीय खेल हुनेछन् ।