नेपाल र जिम्बावे ‘ए’ बीच टी–२० सिरिज अन्तर्गतको दोस्रो खेल सुरु भएको छ ।
खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु भएको हो । नेपालले टस जितेर बलिङ गरिरहेको छ ।
पहिलो खेलको सुरुवाती ११ बाट आज एक खेलाडी परिवर्तन गरिएको छ । जसमा आरिफ शेखको स्थानमा भिम शार्कीलाई टिममा राखिएको छ ।
नेपालको सुरुवाती ११
सन्दिप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,मोहम्मद आदिल आलम, बसिर अहमद, भिम शार्की
सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको थियो । सिरिजमा जीवित रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपाल आज हारको बदला लिने तयारीसहित मैदानमा उत्रिँदा जिम्बाब्वे लगातार जितको खोजीमा छ ।
नेपालले आजको खेलमा जित निकालेको खण्डमा तीन खेलको सिरिजमा एक एकको बराबरी गर्नेछ । जसका कारण अन्तिम खेल सिरिजको निर्णायक हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो ।
टी–२० सिरिज अन्तर्गतको तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीन एकदिसीय खेल हुनेछन् ।