नेपाल र जिम्बावे ‘ए’ले सोमबार टी–२० सिरिज अन्तर्गतको दोस्रो खेल खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको थियो । सिरिजमा जीवित रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपाल आज हारको बदला लिने तयारीसहित मैदानमा उत्रिँदा जिम्बाब्वे लगातार जितको खोजीमा हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो ।
टी–२० सिरिज अन्तर्गतको तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीन एकदिसीय खेल हुनेछन् ।