प्रमुख बलर नचल्दा नेपाल जिम्बावे ‘ए’ सँगको पहिलो टी–२० खेलमा ६ विकेटले पराजित भएको छ ।
प्रमुख बलरले कमजोर प्रदर्शन गर्दा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
उसका दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे । जिम्बावेका टाडीवान्से मरुमानीले ५६, कप्तान टोनी मुनोयोंगाले ५०, इनोसेन्ट काइयाले ४७ रन बनाए ।
नेपालका लागि बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए ।
लामिछानेले ४ ओभरमा ५०, करण केसीले ३ ओभरमा ३५, अविनाश बोहराले २ ओभरमा ३०, सोमपाल कामीले २ ओभरमा १९ रन दिए । दिपेन्द्रसिंह ऐरी र बसिरले भने किफायती बलिङ गरे । ऐरीले ४ ओभरमा २४ र बसिरले ३.५ ओभरमा २ विकेट लिएर मात्र २२ रन दिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो ।
नेपालका दुई खेलाडी अर्धशतक बनाउन चुके । नेपालका लागि आदिल अन्सारीले नटआउट ४७, कुशल भुर्तेलले ४६, रोहित कुमार पौडेलले ३६, दिपेन्द्रसिंह ऐरीले २८, आशिफ शेखले ९, करण केसीले नटआउट ४ रन र आरिफ शेखले २ रन बनाए ।
जिम्बावेका जोन मसारा, ब्रेन्डन मभुता, ल्यूक जोंगवे र ब्राड ईभान्सले १–१ विकेट लिए ।
टी–२० सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुनेछन् ।