नेपाली राष्ट्रिय क्रिकेट टोलीले र) जिम्बावे ‘ए’सँगको टी–२० सिरिजको पहिलो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको हो । त्रिवि क्रिकेट मैदानमा आइतबार दिउँसो १ बजे सुरु भएको छ ।
नेपाली टोलीः
सन्दीप लामिछाने, आरिफ शेख, आशिफ शेख, रोहित कुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, अनिवाश बोहरा, सोमपाल कामी, आदिल अन्सारी र बसिर अहमद ।
नेपाल र जिम्बवे‘ए’ बीच शनिबार एकदिवसीय सिरिज हुने तालिकाका रहेको थियो । तर, वर्षाले खेल प्रभावित भयो । त्यसपछि क्यानले खेलको तालिकाका परिवर्तन गरेको थियो ।
टी–२० सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीन एकदिसीय खेल हुनेछन् ।