बाजुरामा रूखमा चढेर काफल खाने क्रममा रूख नै ढलेपछि सात जना बालक घाइते भएका छन् ।
घाइते हुनेमा बडीमालिका नगरपालिका ८ का १४ वर्षीय दिपक रावल, १६ वर्षीय कमल रावल, भीम रावल, दिलु रावल, कमल रावल, विवेक रावल र सुजन रावल रहेका छन्।
शनिवार साँझ उनीहरू सोही वडाको खर्रा भन्ने ठाउँमा काफल खान गएका थिए।