प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको अमेरिकी संसदको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी संसदको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेको हो ।
भेटवार्तामा राजदूत बेरीसँगै सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली, तथा प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स उपस्थित थिए ।
भेटमा नेपाल–अमेरिका सम्बन्धका ७५ वर्षको दौरानमा यसअघि हासिल उपलब्धी र अझै प्रगाढ सम्बन्ध विकसित गर्ने विविध पक्षहरूको बारेमा चर्चा भएको छ ।
साथै सो क्रममा जलवायु परिवर्तनको सामना गर्ने उपाय र लोकतन्त्र सुदृढिकरण लगायतमा कुराकानी भएको छ ।