इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई ७ विकेटले पराजित गरेको हो ।
पञ्जावले दिएको १५२ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
सनराइजर्सका लागि एडेन मार्क्रमले अविजित ४१ रन बनाए भने निकोलस पुरनले अविजित ३५ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ३१ रन बनाए भने राहुल त्रिपाठीले ३४ रन बनाएका थिए ।
पञ्जावका राहुल चहरले २ विकेट लिए भने कागीसो रबाडाले एक विकेट लिए ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ल आउट हुदै १५१ रन बनाएको थियो ।
पञ्जावका लागि लिआम लिभिंगस्टोनले ६० रन बनाए भने शाहरुख खानले २६ रन बनाए । त्यस्तै सनराइजर्सका बलर उमरान मालिकले एक मेडनसहित ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिए ।
यो जितपछि सनराइजर्सले ६ खेलमा चौथो जित हासिल गरेको छ भने ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।
त्यस्तै पञ्जाव किंग्सको ६ खेलमा तेस्रो हारसहित ६ अंक रहेको छ र अंकतालिकामा सातौ स्थानमा झरेको छ ।