इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मुम्बई इन्डियन्स लिगको खराब प्रदर्शन बुधबार पनि कायम रह्यो र उसले लगातार पाँचौँ हार बेहोर्न बाध्य रह्यो । बिना कुनै अंक मुम्बई १० टिममध्ये अन्तिम स्थानमा छ ।
यसपल्ट मुम्बईलाई पञ्जाब किंग्सले १२ रनले हराएको हो । पहिले ब्याटिङ गरेको पञ्जाबले शिखर धवनको ७० रनको सहयोगमा ५ विकेटमा १ सय ९८ रन बनायो । त्यसमा मयन्क अग्रवालले ५२ रनको योगदान दिए ।
जवाफमा मुम्बई २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सफल रह्यो । डेवल्ड ब्रेभिसले बनाएको ४९ रन नै उच्च स्कोर रह्यो । पञ्जाबका लागि ओडेन स्मिथले चार विकेट लिए र टिम ६ अंकसहित तेस्रो स्थानमा छ ।