स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्न लागेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने बताए ।गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।
देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने बताए ।