इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । आइतबार भएको खेमला दिल्लीले कोलकाता नाइड राइडर्सलाई ४४ रनले हराएको हो ।
मुम्बईमा दिल्लीले जितका लागि दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाएर मात्र १७१ रन बनायो ।
कोलकाताका लागि कप्तान श्रेयस यैरले ५४ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । कोलकाताका नितिश रानाले ३० रन बानाउँदा आन्द्रे २४ रसलले र श्या विलिङ्सले १५ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै खलिल अहमेदले ३ विकेट लिए । दिल्लीका सार्दुल ठाकुरले २ विकेट लिँदा ललित यादवले एक विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनाएको थियो ।
दिल्लीका लागि पृथ्वी श्व र डेभिड वार्नरले अर्धशतकीय पारी खेले । २९ बल खेलेका श्वले ७ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए ।
त्यस्तै ४५ बल खेलेका वार्नरले ६ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाए । दिल्लीका लागि अक्षर पटेलले २२ रन बनाउँदा शार्दुल ठाकुरले २९ रनको योगदान गरे ।बलिङतर्फ कोलकाताका लागि शुनिल नारायणले दुई विकेट लिए । त्यस्तै उमेस यादव, वरुण चक्रवर्ती र आन्द्रे रसलले समान एक–एक विकेट लिए ।
जितसँगै दिल्लीले ४ खेलबाट ४ अंक जोडेको छ । दिल्ली तालिकाको छैटौं स्थानमा छ । पारजित कोलकाता ५ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।