कैलालीको धनगढीमा शनिवार हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ धनगढी जेसिजले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो।
नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा ‘मुख्यमन्त्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन’ आयोजना गरिएको थियो। धनगढी हाप म्याराथनमा लाई सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्धक रहेको थियो। गरेको थियो। जसमा खुल्ला दौड, कर्पोरेट मिडिया दौड, महिला, विद्यार्थी र ट्राई सार्ईकल गरी ५ विधामा प्रतिस्पर्धा गराइएको थियो।
जसमा २१.१ किलोमिटरको खुल्ला दौड प्रतियोगितामा गोपिचन्द्र पार्की प्रथम, मोहनदेव जोशी द्धितिय, ललित शाही तृतीय भएका छन्। यस्तै कर्पोरेट मिडिया दौडतर्फ काशिराम मण्डेल प्रथम, विजय गुप्ता द्धितिय, बिरेन्द्र प्रसाद भट्टराई तृतीय भएका छन्।
यस्तै महिलातर्फ फुललमती राना प्रथम, सीता चौधरी द्धितिय, सलिना राना भाट तृतीय भएकी छन्। यस्तै विद्यार्थीतर्फ डम्मर राज पुरी प्रथम, अतुल डोरिया द्धितिय, चन्द्र बोहरा तृतीय भएका छन्। यस्तै गोलाप्रथामार्फत सपना बमले सिजीको एलइडी टिभी जितेकी छन्।
खुल्ला दौड प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३३ हजार ३ सय ३३ तृतीय हुनेलाई २२ हजार २ सय २२ नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ।
कर्पोरेट मिडिया दौड, महिला र विद्यार्थीको सवालमा भने ५ किलोमिटरमा प्रतिस्पर्धा भएको थियो। जसमा प्रथम हुनेलाई ५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३ हजार ३ सय ३३ तृतीय हुनेलाई २ हजार २ सय २२ नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता भुवन पाण्डेयले गरेका थिए भने मुल संयोजकमा महेश्वर ओझा रहेका थिए।