त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत सिरिज विजेता टोलीलाई बधाई दिएका हुन्।नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा अपराजित रहँदै सिरिजको उपाधि जितेको थियो।
सोमबार भएको फाइनल खेलमा नेपालले पपुना न्यू गिनीलाई ५० रनले हराउँदै उपाधि जितेको थियो।
