त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएजनी)लाई १६९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । आजको खेलमा २१ रन पूरा गर्दै ऐरी टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
त्यस्तै, करण केसीले ३३, आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल आलमले १५ रन बनाए ।
नेपाल जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो भने पीएनजी एक खेलमा जित निकालेर रनरेटका आधारमा फाइनलमा पुगेको हो ।
नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ८५ रनले हराएको थियो ।
नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर) , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।