नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन् ।
योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध सुरुवाती २१ रन बनाउँदै उनले एक हजार रन पूरा गरेका हुन् । दीपेन्द्र ३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
दीपेन्द्रपछि पूर्व कप्तान पारस खड्काले ३३ खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् ।