त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदानमा पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
आजको खेलमा नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । मलेसियाविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीलाई सुरुवाती ११ मा राखिएको छ ।
नेपाल जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो भने पीएनजी एक खेलमा जित निकालेर रनरेटका आधारमा फाइनलमा पुगेको हो ।
नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ८५ रनले हराएको थियो ।
नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर) , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।