पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरेर ३३ सय ६० जनाको परीक्षण गर्दा कुल ११ जनामा सङ्क्रमण देखिएको छ ।
२४ घण्टामा ९० जना सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो केही दिनदेखि मुलुकमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ९४२ जना सक्रिय सङ्क्रमित छन् ।
२४ घण्टामा ५६ हजार ९९३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।