प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर कुर्था रेल उद्घाटन गरेका छन् ।
शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गरे । उद्घाटनअघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो ।
जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितकाले सम्बोधन गर्नेछन् ।
उद्घाटनपछि आइतबारबाट रेल नियमित चल्ने भएको छ ।