भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।
त्यसपछि दुबै देशका प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा द्विपक्षीय वार्ता पनि भएको छ ।
भेटवार्तामा देउवा र मोदीले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न वाचा गरेका छन् ।दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने वाचा गरेका हुन् ।
केहीबेरमा प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ ।
त्यस्तै, नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ ।