क्रेनको ठक्करबाट छात्राको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागमती नगरपालिका–७ राजघाटका रविलाल परियारकी छोरी सुमित्रा रहेकी छन् ।
घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा जाँदै गरेकी उनको क्रेनले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । उनी नव जनजागरण माविमा कक्षा ११ मा अध्ययनरत थिइन् ।
क्रेनको ठक्करबाट विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएपछि स्थानीयले क्रेनमा आगजनी गरेका छन् ।
प्रहरीले क्रेनमा रहेका चालकसहित ३ जनालाई पक्राउ गरेको छ ।