दिनहुंजसो भ्रष्टाचार, कुशासन र अनियमितताका खबरले निराश नागरिकलाई प्रफुल्लित बनाउने एक वडाध्यक्षको योगदान (काम) सामुन्ने आएको छ ।
बारा जिल्लाको कलैया उपमहानगरपालिकाका एक वडाध्यक्षले आफ्नै लगानिमा जनमुखी काम गरेपछी उनको सर्वत्र चर्चा भईरहेको हो ।
वडा नं.९ का अध्यक्ष डा.अख्तर अंसारीले आफ्नै जग्गामा सामुदायिक भवन बनाईदिएर अहिले वाहवाही बटुलिरहेका छन् ।
उनले आफ्नै वडामा ४ धुर जग्गा खरिद गरेर सामुदायिक भवनको नाममा दान गरेका छन् । करिब १० लाख मुल्य रहेको जग्गा उनले नागरिकहरुको सेवाका लागी दान गरेको बताएका छन् ।
देशैभरीका वडाध्यक्ष तथा पालिका प्रमुखहरुबारे भ्रष्टाचार, घुस र रिश्वतका घटनाहरु बाहिर आईरहेकोबेला वडाध्यक्ष डा.अंसारीको योगदान उदहारणिय बनेको छ ।
यसअघीपनी आफ्नो व्यपिक्तगत लगानिमै वडाका सड्क, नाला, मठ–मन्दीर–मस्जिद संरक्षण गरिआएका अंसारीलाई कलैया उपमहानगरपालिकाले सम्मान प्रदान गर्ने निर्णय समेत गरेको छ ।
गत माघ १८ गते सम्पन्न कार्यपालिकाको ७९ औ बोर्ड बैठकले डा.अंसारीलाई प्रशंसापत्र सहित सम्मानित गर्ने निर्णय गरेको हो ।

चिकित्सा पेशाबाट नागरिकको सेवा गर्न राजनितिमा छिरेका डा.अंसारी २०७४ को स्थानिय निर्वाचनमा तत्कालिन राजपा हालक लोसपाबाट वडाध्यक्षमा अत्यधिक मतले विजयी भएका थिए । हाल उनी नेकपा एमालेमा प्रवेश गरेका छन् ।