किर्ते गरी नेपाली नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
किर्ते गरी नागरिकता सिफारिस गरेको आरोपमा आधिखोला गाउँपालिका ३ का वडाअध्यक्ष बिष्णु खत्री, नागरिकता लिनेका बाबु कृष्णप्रसाद पौडेल, आमा सीता पौडेल र किर्ते कामका योजनाकार नवराज पौडेललाई प्रहरीले प्रक्राउ गरेको हो ।
वडा अध्यक्ष खत्रीले नागरिकताका लागि गलत व्यक्तिलाई सिफारिस गरेको देखिएपछि निजसहित सो कार्यमा संलग्न चार जनालाई पक्राउ गरिएको हो । वडा सचिव बालाकृष्ण पौडेल फरार रहेको र उनको खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नमतिा रेग्मीले बताए ।
नक्कली कागजात बनाई नक्कली हस्ताक्षर गरी गत फागुन ३० गते नागरिकता निकालिएको बताइएको छ ।