घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले अहिले तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ गरिरहेको छ ।
टस जितेर पीएनजीले फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
नेपालले आजको खेलमा आक्रामक ब्याटर आदिल अन्सारीलाई डेब्यू दिएको छ ।
नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ ।
मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
नेपालको प्लेइङ ११ः
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।