त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।
जुबैदी जुल्किफ्लेले ३२, अहमद फेइज २४, सेइद अजिज १४ र मुहम्मद अमिरले १६ बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न बलिङमा करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिए भने अभिनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।