त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज (बुधबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले अहिले टस हारेर बलिङ गर्ने भएको छ । टस जितेको मलेसियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नाथको डेब्यु
मलेसियाविरुद्धको टी–२० सिरिजमा नेपालका बायाँ हाते ब्याटर दीलिप नाथले डेब्यु गरेका छन् । दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यु क्याप दिए ।
लक्ष्य
नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको थियो । मलेसिया पनि नेपाललाई हराएर दोस्रो जित निकाल्ने दाउमा छ । मलेसियाले मंगलबार पीएनजीलाई नै आठ रनले हराएको थियो ।
नेपाल र मलेसिायबीच असहलेसम्म सात वटा टी–२० खेल भएका छन् । जसमा नेपालले ६ जित निकालेको छ भने एक खेलमा हार खेपेको छ ।
नेपालको प्लेइङ ११ः
सन्दीप लामिछाने (कप्तान), दीलिप नाथ (विकेट किपर) ,आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल र रोहित पौडेल ।